विश्व मानचित्रमा समुद्री सतहबाट १०० मिटरदेखि १२१९ मिटर सम्मको उचाईमा रहेको यो जिल्ला ८३० १२’ १६’’ देखि ८३० ३८’ ७’’ पूर्वी देशान्तर र २७० २०’ ००’’ देखि २७० ४७’ २५’’ उत्तरी आक्षांशमा फैलिएको छ । नेपालको ७ प्रदेश मध्ये लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रुपन्देही जिल्लाको कूल क्षेत्रफल १,४०१ वर्ग किलोमिटर जसमध्ये खेतीयोग्य जमिन ८५,१२२ हेक्टर र ३२००६ हेक्टर बन जंगलले ढाकेको छ । बहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक बिशेषताहरु रहेको यो जिल्ला मुलुकको राजनैतिक बिभाजन अनुसार लुम्बिनी प्रदेशमा अवस्थित रहेको छ ।
विश्व सम्पदा सुचीमा सुचीकृत शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र मावलीगाँउ देवदह लगायतका स्थानहरु रहेको यस रुपन्देही जिल्लाको पुर्वमा नवलपरासी¸ पश्चिममा कपिलवस्तु¸ उत्तरमा पाल्पा र अर्घाखाँची तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगर र महाराजगञ्ज जिल्लासँग सीमाना जोडिएको छ । लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रुपन्देही जिल्ला घना आवादी भएको जिल्ला हो । यसको उत्तरमा पहाडको भाग पर्दछ भने उत्तरबाट दक्षिणतर्फ ढलान हुँदै गएको छ । जितगढी किल्ला र राजा मणिमुकुन्द सेनको शीतकालिन दरवार यसै जिल्लामा रहनुले यसको आफ्नै धार्मिक¸ आर्थिक, ऐतिहासिक र पर्यटकीय महत्व रहेको छ । नेपालको दोस्रो ठुलो भन्सार नाका सुनौली यसै जिल्लामा पर्ने र यस जिल्लामा प्रशस्त मात्रामा उद्योग तथा कलकारखानाहरु रहेकोले यो जिल्ला व्यापारीक तथा औद्योगिक केन्द्रको रुपमा समेत परिचित छ । जिल्लाको उत्तरी भागमा पुर्व पश्चिम लोकमार्ग र सिद्धार्थ राजमार्गको आसपासमा पहाडी समुदाय र दक्षिण भेगमा मधेशी समुदायको बाहुल्यता रहेको छ । यस जिल्लामा हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको भएता पनि मुस्लिम र बौद्ध धर्मावलम्बीहरुको समेत उल्लेख्य बसोबास रहेको पाईन्छ ।
- कुलक्षेत्रफल – १४०१ वर्ग कि.मि. ।
- निर्वाचन क्षेत्र - प्रतिनिधि सभा - ५, प्रदेश सभा - १०
- उपमहानगरपालिका – १ (बुटवल)
- नगरपालिका – ५ वटा (सिद्धार्थनगर,लुम्विनी साँस्कृतिक, तिलोत्तमा, सैनामैना र देवदह) ।
- गाँउपालिका :- १० वटा । (शुद्धोधन, ओमसतिया, गैडहवा, सियारी, कञ्चन, रोहिणी, कोटहीमाई, मर्चवारी, सम्मरीमाई, मायादेवी)
- जनसंख्या :- ११,१८,९७५ (पुरुष ५,४७,५४५ ४९.१% महिला ५,७१,४३० ५०.९%) जनगणना २०७८ अनुसार
- बार्षिक जनसंख्या वृद्धिदर :- २.३३%
- लैङ्गिक अनुपात :- ९६.३३ पुरुष प्रति १०० महिला
- जनघनत्व :- ८२५ प्रतिवर्ग कि.मी.
- अपाङ्गता भएका जनसंख्याको प्रतिशत :- १.६%
- अपाङ्गता भएका महिलाहरुको प्रतिशत :- १.४%
- अपाङ्ग भएका पुरुषहरुको प्रतिशत :- १.९%
- साक्षरता :- ७६.३४ (पुरुष-८१%, महिला-६२% )
- ग्रामीण जनसंख्या :- ७९.६३%
- शहरी जनसंख्या :- २०.३७%
- औषत आयु :- ५५.७५ वर्ष
- नेपालको दोस्रो ठुलो भन्सारनाका (भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही)
- शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी भएको हुँदा बिश्वका बौद्ध धर्मावलम्बीहरुको बाक्लो आगमन हुने गर्दछ ।
- व्यापारीक तथा औद्योगिक केन्द्रको रुपमा परिचित ।
- पर्यटकिय क्षेत्र (बाहृय तथा आन्तरिक) ।
- खुला सीमाना :- ७०.२०० कि.मि. (रोहिणी गाउँपालिका देखि लुम्बिनी साँस्कृतिक नगरपालिका सम्मको) ४ वटा गाउँपालिका र २ वटा नगरपालिकाका केही वडा भारतको महाराजगञ्ज र सिद्धार्थनगर जिल्लासँग जोडिएका ।
- सीमा पिलर :- १३६ वटा
- सीमा नाका :- ३१ वटा
- शैक्षिक संस्था :- ६५१ (विश्व विद्यालय-१, क्याम्पस-३३, मावि- २६४, आधारभुत-३५३)
- स्वास्थ्य संस्थाहरु :- ५२६ वटा
- सडक :- १३३६ कि.मि (पक्की-३२३, ग्रावेल- ८२१, कच्ची-१९२ )
- (पूर्व-पश्चिम राजमार्ग-४३ कि.मी, सिद्धार्थ राजमार्ग-२९ किमी)
- बिमानस्थल :- १ (गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल )