बि.सं. २०४५ साल देखि सिंचाइ बिभाग अन्तर्गत जिल्ला सिंचाइ कार्यालय रुपन्देही को स्थापना भएको हो ।स्थानीय स्वायत शासन ऐन, २०५६ जारी भइ लागु भए पछि वि.सं. २०५८ मा सिंचाइ विभागको संरचनात्मक फेरबदल भए पश्चात् पश्चिमाञ्चल सिचाइ विकास डिभिजन नं ६ रुपन्देहीबाट जिल्लाका सिंचाइ सम्बन्धि कार्यहरु हुदैँ आएका थिए ।२०७२ सालमा जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग र सिँचाइ विभागको संगठानिक संरचनाको पुन व्यवस्थापन हुदाँ यस कार्यालयको नाम परिवर्तन भई सिँचाइ विकास डिभिजन- रुपन्देही भएको थियो । नेपालको संविधान, २०७२ ले परिलक्षित गरे अनुसार जलस्रोत, सिंचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन सम्वन्धि केन्द्रिय स्तरका ठुला आयोजना तथा परियोजनाहरु, अन्तर प्रदेशिय बहुउपयोगि आयोजनाहरू, अन्तरदेशिय सरोकार रहने बहुउद्देश्यीय आयोजनाहरूको तर्जुमा, नीति निर्माण, कार्यान्वयन तथा अनुगमनमा संघबाट गर्नुपर्ने कार्यहरूको लागि साविकका सिंचाइ विभाग र जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग खारिज भई बि.सं. २०७४ मा जलस्रोत तथा सिंचाइ विभागको स्थापना भयो भने प्रदेश स्तरका मझौला तथा साना सिंचाइ सम्बन्धि सम्पूर्ण कार्य सिंचाइ योजना मर्मत संभार साथै मझौला तथा साना जलउत्पन्न प्रकोप सम्बन्धि कार्य गर्न प्रदेश सरकार लुम्बिनी प्रदेश तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय रुपन्देही को स्थापना भएको हो ।हाल यो कार्यालय लुम्बिनी प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको छ ।यस कार्यालय सिदार्थनगर नगरपालिकानगरपालिका वाड नं. 5 मा रहेको छ भने कार्यक्षेत्र रुपन्देही जिल्लाभर रहेको छ ।